काठमाडौं । हुण्डी कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ ओमबहालस्थित होटल गोल्डेन लिफबाट ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-११ ताहाचल बस्ने झापा दमक नगरपालिका-११ घर भएका ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका-३१ बस्ने झापा घर भएका २७ वर्षीय कमल मितल र काठमाडौं महानगरपालिका-२२ बस्ने पर्वत कुश्मा नगरपालिका-१ घर भएका ३२ वर्षीय गणेश पौडेल रहेका छन् ।
उक्त होटलमा अवैध रुपमा हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाईगैरकानुनी रुपमा कारोबार गरिरहेको अवस्थामा ९९ लाख ८४ हजार रुपैयाँ र ९ सय अमेरिकी डलर सहित पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको उक्त ब्यूरोले जनाएको छ ।
Facebook Comments