ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-७माझिगाउँबाट करिब १ किलो ५ सय ग्राम तौल भएको सालकको खपेटा सहितभोजपुर रामप्रसाद राई गाउँपालिका-१ बस्ने ३५ वर्षीय ईच्छा कुमार राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका-४ चिउरीबोटबाट भोजपुरतर्फउक्त सालकको खपेटा लुकाई लैजाँदै गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हर्कपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा उक्त सालकको खपेटा सहित फेला पारीउनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments