काठमाडाैं । झुट्टा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा उल्लेखित फर्महरुका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट 11करोड ३१ लाख करोड विगोअसुल उपर गरी जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई उच्च अदालत पाटनमा २ (दुई) वटा मुद्दा दर्ता गरिएको ।
झुट्टा तथा नक्कली म”.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने चितवन भरतपुर -२ स्थितसन्तोषी निर्माण सेवा प्रा.लि.का(स्थायी लेखा नम्वर 300011317) संचालक/प्रवन्ध निर्देशककेशबराज कडेलसमेत ३ जनाबाटरु. 6,22,74,228।00 (अक्षरेपी छ करोड बाइस लाख चौहत्तरहजार दुई सय अठ्ठाइस रुपैंया मात्र)विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मिति 207७-0५-११ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको ।
सन्तोषी निर्माण सेवा प्रा.लि. (स्थायी लेखा नम्वर 300011317)ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरगरेको देखिएको । प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरीमु.अ.कर तर्फ रु.2,03,17,145।, आयकर तर्फ रु.3,67,23,536।- र लाभांश कर तर्फ रु. 52,33,547।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम कूल जम्मा विगो रु. 6,22,74,228।-(अक्षरेपी छ करोड बाइस लाख चौहत्तरहजार दुई सय अठ्ठाइस रुपैंया मात्र)राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले सन्तोषी निर्माण सेवा प्रा.लि.का संचालक/प्रवन्ध निर्देशककेशबराज कडेल समेत ३ जनालाईउल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३ को उपदफा(१)र(३) तथा सोही ऐन (पहिलो संशोधन -2076) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिमविगो रकम रु. 6,22,74,228।- असुल उपर गरी जरिवाना र कैद सजाय हुन माग दावी लिई मिति 207७-0५-११ गते उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको ।
झुट्टा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने ललितपुर महानगरपालिका वडा नं. 13 स्थितस्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स (स्थायी लेखा नम्वर 500015029) का प्रोप्राईटर विरेन्द्र कुमार चौधरी,यति इन्टरनेशनल (स्थायी लेखा नम्वर 500218185) का प्रोप्रईटर उषा कुमारी चौधरीर रिवाज इन्टरनेशनल प्रा.लि. (स्थायी लेखा नम्वर 605973682) का संचालकहर्ष चौधरीसमेतबाट रु.5,08,94,216।- (अक्षेरुपी पाँच करोड आठ लाख चौरानब्बे हजार दुई सय सोह्र रुपैया मात्र) विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मिति 207७-0४-२२ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको ।
स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्स (स्थायी लेखा नम्वर 500015029), यति इन्टरनेशनल (स्थायी लेखा नम्वर 500218185)र रिवाज इन्टरनेशनल प्रा.लि. (स्थायी लेखा नम्वर 605973682)ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरगरेको देखिएको । प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी स्काईलाइन ट्रेडर्स एण्ड सप्लायर्स, यति इन्टरनेशनल र रिवाज इन्टरनेशनल प्रा.लि.n] मु.अ.कर तर्फ रु. 17,08,202।-,आयकर तर्फ रु.3,26,64,077।- र लाभांश कर तर्फ रु. 12,21,937।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिमकूलजम्मा विगो रु. 5,08,94,216।- (अक्षेरुपी पाँचकरोड आठ लाख चौरानब्बे हजार दुई सय सोह्र रुपैया मात्र)राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले स्काई लाइन ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राईटर विरेन्द्र कुमार चौधरी,यति इन्टरनेशनलका प्रोप्रईटर उषा कुमारी चौधरीर रिवाज इन्टरनेशनल प्रा.लि.का संचालक हर्ष चौधरी समेत ३ जनालाईउल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३ को उपदफा(१)र(३) तथा सोही ऐन (पहिलो संशोधन -2076) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिमविगो रकम रु. 5,08,94,216।- असुल उपर गरी जरिवाना रकैद सजाय हुन माग दावी लिई मिति 207७-0४-2२ गतेउच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरिएको कार्यालयले जनाएकाे छ।