११ अर्ब नाफा देखाएकाे प्राधिकरणले ७ महिनादेखि मजदुरको ज्याला दिएन

काठमाडौं । माटो ढुंगा तथा कंक्रिट प्रयोगशाला प्राधिकरणको महत्वपूण विभाग हो । यसले विद्युत आयोजनाहरुका लागि भूमिगत माटो तथा चट्टानको प्राविधिक परीक्षण गर्दछ । यो आयोजनाहरुको डिजाइन तथा निर्माणका लागि अति आवश्यक र अनिवार्य शर्त हो ।
यहि काम गराउने उक्त प्रायोगशाला आफै ‘माटो ढुंगा’ भएको छ । चरम आर्थिक अभाव भएका कारणले विभिन्न आयोजनाहरुमा ड्रिलिङको काम गराउदा प्रयोग गरिएका स्थानीय ठेकेदार, ज्यालादारी मजदुरी गर्ने व्यक्तिा र स्थानीय बजारलाई यसले पैसा दिन सकेको छैन ।
यो प्रयोगशालाले स्याङजाको आँधीखोलामा स्टोरेज आयोजना, सुर्खेत र अछामको सीमामा पर्ने वेतन कर्णाली आयोजना, कालीकोटको फूर्कोट कर्णाली, ओखलढुंगाको दुधकोसी, वाग्लुङको अन्तरगंगा ( पावर हाउस) ढोरपाटन र रुकुमका पर्ने ड्यामसाइड तथा सेती त्रिशुली जलाशय युक्त जलविद्युत आयोजना (तनहूँ हाइड्रोपावर कम्पनी लि.को सहायक कम्पनी ) चितवनमा ड्रिलिङको काम गर्दा यपयोग गरेको स्थानीय मजदुरको रकम माघ महिना देखिको दिएको छैन ।
२०७६ माघ महिना देखि स्थानीय कामदारहरुले काम गरेको रकम प्रयोगशालाले रकम अभावका कारण दिन नसक्दा कामदारले स्थानीय सहकारीबाट ऋण काढेर काम चलाएका छन् । दुई पैसाको आशाले ज्याला मजदुरी गर्नेहरुलाई ७ महिना देखिको पारिश्रमिक नदिदा रगतको आँसु झार्न बाँध्य पारिएको छ । तर, प्राधिकरण व्यवस्थापन उधारोमा विल काटेर मुठ्ठिभर साहु महाजन (उद्योगी) सँग १२ अर्ब उठाउन नसके पनि त्यसैलाई आम्दानीमा बाँधेर लाजै नमानी ११ अर्ब नाफा देखाइ रहेको छ । कामदारहरु अमर राना, शंकर श्रेष्ठ, दिपेश श्रेष्ठ, राहहरी केसीलगायतले स्थानीय सयौं कामदारलाई ज्याला मजदुरीको रकम नदिएकोले सहकारीबाट ऋण लिएको रकम बढेर घर खेत जाने अवस्था पुगेको गुनासो गर्छन ।

Facebook Comments