यहाँ मान्छेहरु मुसा
मान्छेहरु नै बिराला
मान्छे निरीह,एक मुकदर्शक
र
बनेको छ मेरो घर ह्याम्लिन
खेल्छन् मुसाहरु हरिगुडु
औपचारिक्ता निभाएका छन् ढुकुटिहरुले
चुहिदा चुहिदै रित्तिएका छन्
बर्ष धान्ने मान्छेका पसिनाहारु
नपाएर भागबण्डा
चिच्याउँछन् केही मुसाहरु
ब्यस्त छन् तिनीहरु आफ्नै मोजमस्तिमा
त्यसैले जति भरे पनिभरिदैनन्
जीवन धान्ने ढुकुटिहरु
रामराज्य छ मुसाहरुको यहाँ
यसरी मेरो घर रित्तिएको छ
यसरी मेरो घर खोक्रीएको छ
र
बनेको छ मेरो घर ह्यम्लिन
आजकाल भाग्छन् कुकुर बिराला
देखेर ठुला मुसाहरु
त्यसैले चोरिएको छ दूधभात
मुसा खाने बिरालाहरुबाट
म्याउ-म्याउ गर्दै प्यारो बनेर बिरालाहरुले
रित्याएका छन् दूधका भाँडाहरु
यसरी बिस्थापित भएको छ मान्छे आफ्नै घरमा
यसरी स्थापित भएका छन् मुसाहरु यहाँ
र
बनेको छ मेरो घर ह्याम्लिन
लडछन् बिरालाहरु आपसमा
गर्छन् मुसाहरु रजाई
जात त एउटै नै हो तिनिहरुको चोरी खाने
त्यसैले
बिरालो मुसो खेदेको अभिनय गर्छ
मुसा ढुकुटी रित्याएर पस्छ दुलो भित्र
यसरी मिलोमत्तोमा रित्तिएको छ मेरो घर
यसरी मुसा र बिरालाहरु बाट
पीडित छ मेरो घर
र
बनेको छ मेरो घर ह्याम्लिन।
बसाहा,उदयपुर
Facebook Comments