नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले ‘हेमचन्द्र स्मृति पुरस्कार कोष’ स्थापना गरेको छ । गण्डकी प्रदेशमा सुशासन, जवाफदेहिता र पारदर्शिताका विषयमा कलम चलाउने पत्रकार र मानवाधिकारकर्मीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना भएको हो । महासङ्घ बागलुङ शाखाका साधारण सदस्य तथा कानून व्यवसायी राम शर्मा र उहाँको परिवारले आफ्ना दिवङ्गत बाबुआमाको स्मृतिमा कोष स्थापना गरेको शाखा अध्यक्ष दिल शिरिषले बताउनुभयो । रु दुई लाख ५० हजारको अक्षयकोषबाट आउने ब्याज रकमले हरेक वर्ष साधारणसभाका अवसरमा उक्त पुरस्कार वितरण गरिनेछ ।
“पारदर्शिता र जवाफदेहिताको विकासमा यो कोषले थप टेवा पु¥याउनेछ”, अध्यक्ष शिरिषले भन्नुभयो, “पत्रकार र मानवाधिकारकर्मीलाई पुरस्कारले ऊर्जा भर्नेछ ।” यसअघि पत्रकार महासङ्घ बागलुङ शाखाले नन्दहरि क्रियाशील पत्रकारिता पुरस्कार र हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । नयाँ कोष स्थापना भएसँगै महासङ्घ बागलुङ शाखामा तीनवटा पत्रकारिता पुरस्कार पुगेका छन् ।