काठमाडौँ, वैशाख २० गते । गएको माघ ३ गते कास्की जिल्ला अन्नपूर्ण गाँउपालिकामा पर्ने हिङकु केभ क्षेत्रमा हिमपहिरोमा परी फेला नपरेका एक नेपाली र एक कोरियाली नागरिकको शव आज (शनिबार)¬ पोखरा ल्याइएको छ ।
त्यस हिमपहिरोमा परेका तीन जना नेपाली गाइड र चार जना कोरियाली पर्यटकमध्ये दुई नेपाली र तीन कोरियालीको शव यस अघि नै फेला परेका थिए ।
फेला नपरिरहेका दुई जनाको खोजीका लागि नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको समन्वयमा विशेष फौज बाहिनी अन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले हिजो शुक्रबार फेला पारी आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपुर्याएको हो ।
यससँगै त्यस हिमपहिरोमा परी हालसम्म बेपत्ता भएका सबैको शव फेला परेको नेपाली सेनाको प्रेसनोटमा उल्लेख छ ।
Facebook Comments