काठमाडौं । राजनीति र भ्रष्टाचारको पयार्य बनेको प्राधिकरणमा आजबाट निमित्त कार्यकारीमा ग्राहक तथा वितरण सेवा निर्देशनालयका डिएमडी हरराज न्यौपानेले सम्हाल्ने निश्चित बनेको छ । उर्जा मन्त्री वर्षमान पुनले अन्तिमसम्म एमडी कुलमान घिसिङलाई नै निरन्तरता दिने, नभएमा डिएमडी न्यौपानेलाई निमित्त बनाउने रणनीति सँगसँगै यो हुने कुरा निश्चित भएको हो ।
खासमा घिसिङको उत्तराधिकारी बन्न लायक व्यक्तित्व पनि न्यौपाने नै भएको प्राधिरणका कर्मचारी बृतमा चर्चा हुन थालेको अलि अगाडि देखि नै हो । प्राधिकरणको चर्चित डेडिकेटेड र अप्टिकल फाइवर काण्डका दुई फाइल न्यौपानेको जिम्मामा रहेका छन् । डेडिकेटेडको महशुल विवादलाई छिनोफानो गर्ने कडिको रुपमा रहेको टिओडी मिटर लुकाउन तथा अप्टिकल फाइवर सेवा ग्राहीको महशुल २०० गुणा बृद्धि गर्न घिसिङको उक्साहटमा खलनायकको भूमिकामा हालसम्म सफलता दिलाउने व्यक्तिको हातमा निमित्तको कार्यभार प्राप्त हुनेमा कुनै आश्चर्य नमाने हुन्छ ।
सिण्डिकेट प्रथामा टेण्डर पास गराउन सफल भूमिका निभाउने, अप्ठ्यारो पर्दा तलका कर्मचारीलाई बलिकै बोका बनाउन सक्ने, मन्त्रालय र उच्च व्यक्तिहरुसँग खासखुसमा राम्रैसँग डिलिङ गर्ने र इच्छयाइएको कामलाई छिटो तरिकाले फत्ते गर्न सक्ने क्षमताका लागि न्यौपाने परिचित नाम भएको जानकार कर्मचारीहरु बताउँछन् । यीनै गुणका कारण पछिल्लो समय मन्त्री पुनको विश्वास पात्र बन्न सफल भएको शुत्रको दावी छ । त्यसैले मन्त्रीस्तरबाट भोलिका मिति देखि निमित्त जिम्मेवारी दिने तयारी भएको हो ।
प्राधिकरणमा हालको सिनियरको अवस्था भने यस्तो छ—डिएमडीहरु हितेन्द्र देव शाक्य, लेखनाथ कोइराला, हरराज न्यौपाने, बज्रभुषण चौधरी, विज्ञान प्रसाद श्रेष्ठ, माधव प्रसाद कोइराला, मनोज सिलवाल, रामजी भण्डारी र लोकहरी लुइँटेल रहेका छन् । अन्य संस्थानहरुको हकमा भने नियम कानुन अनुसार सिनियरलाई जिम्मेवारी दिने प्रकृया हुन्छ तर प्राधिकरणमा अलिअलि चलखेल गर्न सक्ने योग्यताको पनि आवश्यकता हुन्छ भनि घुमाउरो पाराले जानकारहरु बताउँछन ।
Facebook Comments