हातहतियार बरामद

काठमाडौं । कैलाली, धनगढी उपमहानगरपालिका १७ पथरी बस्ने सोम बहादुर चौधरीको घरबाट शनिबार दिउँसो विभिन्न हातहतियार लगायतका सामान बरामद भएको छ । बरामद सामानहरुमा भरुवा बन्दुक १ थान, बाह्रबोरको कार्टिज ७ राउण्ड,प्रयोग गरेको कार्टिज१७राउण्ड,तयारी बारुद, गन पाउडर, गोली बनाउन प्रयोग हुने शिसा, पोटास करिब १ केजी,काठको कडी १७ थान, फ्रेम १४ थान,चित्तलको छाला१ थान, चित्तलकोसिंङ १ जोर रमोटरसाइकल २थान छन् । उनको घरमा अवैधसामान लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घरतलासी गर्दा उक्त सामान बरामद भएको हो । हाल फरार रहेका सोम बहादुरको प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौं,शंखरापुर नगरपालिका २ पटापस्थित जंगलबाट एकनाले भरुवा बन्दुक १ थान बेवारिसे अवस्थामा फेला पारी शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments