नेपाली सेनाको सामाजिक-आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा श्री गरुडदल गणद्वारा रुपन्देही जिल्लाको मर्चवारी गा.पा.-५ महुवारी ईलाकामा व्यवस्थित हाट बजारको लागि निर्मित ट्रष्टघर श्री नं.२२ बाहिनी अड्डाको बाहिनी अड्डाका बाहिनीपति श्री सुदर्शन सिलवालले गाउँपालिका अध्यक्ष केशव नन्द बाँनियालाई हस्तान्तरण गर्नुभएको छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, स्थानीय सर्बसाधारण एवम पत्रकार गरि करिव ६० जनाको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको दौरान उल्लेखित ट्रष्टघर निर्माण कार्यमा सहयोग पुर्याउनु हुने मर्चवारी गाउँपालिकाका अध्यक्ष, वडा नं.५ का वडा अध्यक्ष, गाउँपालिका कार्यालय र वडा नं.५ कार्यालयलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुहुँदै आगामी दिनहरुमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा समेत रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
उक्त निर्माणबाट करिब ४,००० स्थानीय व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पूरा गर्न सदैव प्रयत्नशिल रहेको छ ।