काठमाडौं । संखुवासभा, धर्मदेवी नगरपालिका १ तेल्लोक बस्ने ६१ वर्षीय रुद्रबहादुर राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै भतिजो ४३ वर्षीय गंगा राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
रुद्र बहादुरलाई गंगाले शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले मुढे पोलिक्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्राथमिक स्वास्थ्यकेन्द्र चैनपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
Facebook Comments