स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमिता छैन : सेना

काठमाडौँ । नेपाली सेनाले चीनबाट खरिद गरेका कोभिड १९ नियन्त्रण, रोकथाम तथा उपचारका अत्यावश्यक स्वास्थ्य सामग्रीको स्तरीयता र मूल्यमा कुनै अनियमितता नगरेको जनाएकोे छ । सेनाद्धारा खरिद गरिएको स्वास्थ्य सामग्रीको मूल्य यसअघि स्वास्थ्य सेवा विभागले निजी कम्पनीबाट खरिद गरेको भन्दा बढी भएको भन्दै केही संचार माध्यमले समाचार सम्प्रेषण गरेपछि सेनाको बुधबार यो बिषय स्पष्ट पारेको हो ।
उसले आफ्नो खरिद मूल्य सार्वजनिक समेत गरेर सामग्री खरिदका सम्बन्धमा आफूलाई विवादमा ल्याउने प्रयास भएको भन्दै केही सञ्चार माध्यममा आएका समाचारहरु तथ्यहीन भएको बताएको छ । बिना तथ्य र प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैमा अत्यन्तै गम्भीर विषय भएको सेनाको भनाई छ ।
स्वास्थ्य सेवा विभाग आफूले अघि बढाएको सामग्री खरिद प्रक्रिया भ्रष्टाचार र अनियमिततामा मुछिएपछि मन्त्रीपरिषद् बैठकले गत चैत्र १६ गते कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार(सरकार (जिटुजी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।

Facebook Comments