स्रोत नखुलेको  १६ लाख रुपैयाँ सहित पक्राउ

जलस्राेत डटकम । पर्सा वीरगंज महानगरपालिका-८ माईस्थानचोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँ सहित भारत रक्सौल पुर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्ण कुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गेरको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे  छ ।

Facebook Comments