काठमाडाैं । भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूण राज खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत अफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिगएको टोलीले निज कम्प्यूटर अपरेटर अरूण राज खनाललाई रू.१६,१३,९७५/- (सोह्र लाख तेह्र हजार नौ सय पचहत्तर) स्रोत नखुलेको नगद रकम निजकै कार्यकक्षमा राखेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
Facebook Comments