स्मार्ट मिटर जडान गर्दै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने योजना अगि सारेको छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जका ग्राहकलाई लक्षित गरी यो योजना संचालन गर्न लागिएको हो ।
यो स्मार्ट मिटरको जडानले विद्युत चुहावट रोक्ने र जडान पश्चात ग्राहकको घर घरमा गएर मिटर रिडिङ गर्नु नपर्ने, ग्राहकले पनि एपको माध्यमबाट आफ्नो विलको विवरण थाहा पाउन र रकम भुक्तानी गर्न सक्ने प्राधिकरणका डिपुटी मेनेजिङ डाइरेक्टर मनोज सिलवालको भनाइ रहेको छ ।
घरायसी प्रयोजन र कलकारखानाको लागि फरक फरक मिटर रहेको छ । प्राधिकरण मूल्य निर्धारण गर्ने तयारीमा रहेको भएपनि यो दुबै पक्षलाई हुने फाइदाको अनुपातमा महंगो नपर्ने उहाँको भनाइ छ । पहिलो चरणमा एक लाख ग्राहकले मात्र यो सुविधा प्राप्त गर्ने उहाँले जानकारी दिनु भयो । याे मिटर चीनमा बनेकाे हाे ।

Facebook Comments