सेनापति थापाद्वारा निरीक्षण भ्रमण

प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले हुम्ला स्थित नयां भैरवीदल गुल्म, कालिकोटस्थित रणशुर गुल्म, सुर्खेतस्थित पश्चिम एयर वेश र उत्तर-पश्चिम पृतना हे.क्वा. को निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त गुल्म, एयर वेश र पृतना हे.क्वा. को स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । साथै १७ र १८ गते सुदुर पश्चिम पृतना हे.क्वा. लगायत अन्य युनिटहरुको समेत निरीक्षण गर्नु हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएकाे छ ।

Facebook Comments