सेतो परेवाको हत्या

कविता

लुम्बिनीमा सेतो परेवाहरुको
आर्यघाट बनाउने
एउटा घोषणा पत्र लिएर
चर्चहरुमा आकाश
हाम्रा लागि मात्रै कायम होस भनी
प्रभु समक्ष आबेदन गरिएको छ ।

 

खै ! सुने कि सुनेनन् परमेश्वरले
र धावा बोलिदै छ
बिचारहरुमा पर्खाल लगाएर
भित्र चित्तको अनन्त जीवन पाउन
बाटा नदेखेकाहरु
देख्न बेक्कार अल्मलिदै खिईरहेछन् ।

 

किनकि यसरी मृत्युको लिला मेटिदिने औकात
पिता परमेश्वरसित बाहेक
अरु कुनै ईश्वरहरुसँग छैन
भन्ने तुलनात्मक भ्रमले फिदा बनाईरहेछ
संसारका अनेक मानिस

भयङकर अविस्वासहरु जन्मने
अफिमको मदमा खाडल खनिरहेछन्
सायद प्रभू रिसाउछन्
या खुसाउछन्
थाहा छैन

 

सत्य कुरा रात र दिन बाहेकले
के थाहा पाउन सक्लान
उकालो पछि ओरालो हुन्छ
जीत पछि हार
यही ईतिहाँसले लेख्छ
नुन नखाउ त कस्ले के गरिन्छ ?
हो अब नुन खाएर
अन्न खाएर बाँच्ने प्राणीको
अधिकार सुरक्षित गर्ने बाटो
ईश्वरहरु रोज्नु पर्छ
यो महान सेवामा जुट्नु पर्छ
सबभन्दा महङगो धर्म यही हुने छ ।

Facebook Comments