अन्तर्राष्ट्रिय सीमा, सीमावर्तीक्षेत्र, अन्तर जिल्ला र जिल्लाभित्रका सङ्क्रमणको उच्चजोखिम भएको क्षेत्रभित्रको आवत-जावतलाई नियन्त्रणगर्ने; अतिआवश्यकअवस्थामाआवत-जावतगर्दा अनिवार्य रूपमा मास्क लगाउने; सामाजिक दूरीकायम गर्ने तथा स्यानिटाइजरको प्रयोग वा साबुन पानीले हात धुने लगायतका जनस्वास्थ्यका मापदण्ड, सुरक्षाका मापदण्ड तथा प्रोटोकलहरूअनिवार्यरूपमा पालना गर्ने, गराउने व्यवस्था सम्बन्धित स्थानीय प्रशासनले गर्ने। सो को लागि सम्बन्धित स्थानीय प्रशासनले मोबाइल गस्तीसमेत परिचालन गर्ने। यसकार्यको सम्बन्धित मन्त्रालय/ निकायहरूले स्थानीय प्रशासनको समन्वयमा नियमित अनुगमन गर्ने। पालना नगर्नेलाई प्रचलित कानून बमोजिम प्रमुख जिल्ला अधिकारीले तत्काल कारबाही गर्ने ।
Facebook Comments