राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाले किसानको धानको बीऊ राख्ने समयमा नै गएको चैत्र देखि नहरमा पानी चलाइको छ । यसरी समयमा पानी संचालन हुँदा किसान हर्षित भइ खेतीको काममा जुटेका छन । गत वर्षसम्म जेठ असारमा वर्षायाम लागेपनि धानको बीऊ राखेर ढिला रोपाइँ हुने गरेको थियो । केहि किसानले ८० हजारसम्म खर्च गरेर पम्प जडान गरेपनि सुख्खायाममा पानी कम तान्ने हुँदा समस्या भइरहेको थियो ।
कमाण्ड सिंचित क्षेत्र मध्येको १६ हजार क्षेत्रफलमा सिक्टाको नहरबाट पानी उपलब्ध गराइएको आयोजना प्रमुख लोकबहादुर थापाले बताउनु भयो । मुल नहरको बालापुर–चेन्नाइनवालको १० किमि खण्डको ५ मिटर जति भाग अत्यन्त संवेदनशील भएको ठाउँ हो । त्यहाँको माटो घुलनशील रहेकाले नहरमा पानी छोड्दा अत्यन्त सावधानी अपनाउनु पर्ने हुन्छ । यस कुरालाई मध्य नजर गर्दै हामीले गत चैत्र देखि लगातार निरिक्षण अनुगमनका साथमा पानी छोडिरहेको उहाँको भनाइ छ ।
अघिल्लो पटक त्यही संवेदनशील स्थानमा पानी छोड्ना साथ माटो घुलिएर नहर भत्किएको थियो । त्यसपछि पानी छोड्न सहज भएन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पाप्त भएपछि अत्यन्त सावधानीका साथ हामीले काम गरेका हौ ।
मुल नहरको बालापुर भन्ने ठाउँको चुचुरो काटेर चेन्नाइवाल भन्ने स्थानको ५ मिटर गहिरो खाल्डो पुरेर नहर निर्माण गरिएको हो । सोही स्थान भौगोलिक दृष्टिले संवेदनशील देखिएको हो । यो समस्याको स्थायी समाधान विश्वको कुनै पनि देशको इन्जिनियरिङ वा भौगर्विक हिसाबले पत्ता लागेको छैन । यसको उपाय मात्र अत्यन्त सावधानी र निरन्तर अनुगमनका मात्र हो भन्नुहुन्छ थापा । तीन महिना देखि लगातार नहरमा पानी चलिरहेको छ । हामी नजिकबाट अनुगमन गरिरहेका छौ । किसान खुशी छन् । यसलाई हामीले उपलब्धीको रुपमा लिएका छौ ।
सिक्टा सिंचाइ आयोजना इन्जिनियरिङ क्षेत्रका लागि एउटा नयाँ विषय र ज्ञानको स्रोतका रुपमा देखा पर्यो । सिंचाइ विभागमा डिडिजी कृष्ण प्रसाद नेपाल भन्नु हुन्छ । यस आयोजनाले धेरै कामहरु गरेको भएता पनि यस क्षेत्रको माटो घुलनशील भएका कारण योजनालाई ठूलो नोक्सान पुर्याएको छ ।
यस आयोजनाको बारेमा नेपाल भन्नु हुन्छ–‘डिजाइन र स्टीमेट राम्रो थियो । साथै यसको तथ्याङ्किय पक्ष पनि सवल रहेको छ । तथापी माटोको आधार फरक फरक हुन्छ । धरालत र भूवनोटको आधार अनुसार माटोको प्रकार पनि फरक हुने नै भयो । एक क्षेत्र देखि अर्को क्षेत्रसम्मको माटो फरक भएका कारण यो अहिलेको समस्या आएको हो । इन्जिनियरिङ पक्षका कारण यो समस्या आएको होइन ।’
नेपालको भनाइ छ –‘डाक्टरले विरामीलाई औषधी दिनु पहिले उसको उमेर र तौलबारे जानकारी लिन्छ । र औषधीको मात्रा निर्धारण गर्छ । हामीले उमेरको आँकलन गरेका थियौ । तौलबारे हाम्रो ध्यान कम गएको हुन सक्छ ।’
यो आयोजनाको लागि अहिले हौसलाको खाँचो छ । ‘हामीलाई थाहा छ एउटा डाक्टरले आफूले नसक्ने बिरामीको उपचारका लागि अर्को अस्पतालमा रेफर गर्छ । किनभने उसलाई थाहा छ यो बिरामीको उपचार गर्ने साधन यहाँ छैन । त्यसै कारण हो उसले अर्को अस्पतालमा रिफर गर्ने । हो यहाँ पनि यसै गर्नु जरुरी रहेको छ । यो तरिका असफल भयो अब अर्को नयाँ तरिकाले काम गर्दा राम्रो हुन्छ । नेपाल थप्नु हुन्छ विभाग वा मन्त्रालयले मर्मतका लागि भन्दा यो काम हुन्छ । जसका कारण लाखौ किसानलाई फाइदा पुग्छ ।’
यसको क्षमता ५० हजार क्यू सेक रहेको छ । हामीले सुख्खा समयमा यसका ३ हजार क्यू सेक पानी चलाएर हेरेका छौ । त्यो राम्रोसँगले सप्लाई भएको थियो । यसका शाखा नहरहरु रहेका छन् । जसमध्ये २ वटाको काम सकिएको छ । बाँकीको काम गर्नु पर्ने नेपालको भनाइ रहेको छ ।
साना पम्पबाट क्षेणिक समयका लागि खर्च कम देखिन्छ । तर अन्त्यमा त्यसको अपरेशन खर्च बढी हुन्छ । त्यसले किसानलाई मारमा पार्छ । यस्ता आयोजनाहरु पहिला ठूलो लगानी लागेपनि दीर्घकालिन र कम खर्चिला हुन्छन् । त्यसकारण पनि यसको संचालनमा ध्यान दिन जरुरी रहेको नेपालको भनाइ रहेको छ ।
कुनै पनि सिस्टम एक पटक बनाएर पुन बनाउनु नपर्ने होइन । त्यसमा समस्याहरु आउँछन् । तिनलाई समय समयमा मर्मत गर्नु पर्छ । हरेक समस्याको समाधान हुन्छ । यसको पनि हुन्छ ।
(नेपालले सिक्टा आयोजना प्रमुखको रुपमा काम गरिसक्नु भएको छ ।)
Facebook Comments