सिंचाइका सब इन्जिनियर विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सिंचाइ डिभिजन बाराका सव इन्जिनियर जगेन्द्र प्रसाद जैसवाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भदौ २ गते मुद्दा दायर गरेको छ । जैसवालले नदी नियन्त्रण योजनाको जाली लगाउने कार्य सम्पन्न गरेको रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग ८० हजार घुस लिएको रकमसहित नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको थियो ।
विशेष अदालतमा दायर मुद्दामा अख्तियारले रकम भुक्तानी गराए वापत अर्को व्यक्ति लगाएर ८० हजार रकम लिइ भ्रष्टाचारजन्य कसुर गरेको दावीसहित मुद्दा दायर गरेको हो । भ्रष्टचार विवरण ऐन २०५९ बमोजिमको कसुर भएको हुँदा सजायको मागदावीसहित आरोप पत्र दर्ता गराएको छ ।

Facebook Comments