सामाजिक उद्यमशीलता कोष स्थापना गर्ने मन्त्री गुरुङको घोषणा

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गर्नु भएको छ ।
मन्त्री गुरुङले समाज सेवागर्ने, मानवीय सेवागर्ने पवित्र उद्देश्यका साथ खोलिएका सामाजिक संघ, संस्थाहरुलाई विदेशीदाताहरुको आर्थिक सहायतामा भर पर्नु पर्ने अवस्थाको अन्त्यगर्न पनि समाज कल्याण परिषद अन्तरगत सो कोष स्थापना गर्ने सोच अघि बढाउनु परेको स्पष्ट पार्नु भयो । बियोन्ड बेईजिङ कमिटी, नेपालले प्रकाशित गरेको ‘एक्सेस टू जसटिसः सोसियल इन्टरप्राईज इन नेपाल’नामक अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित भर्चुअल मिटिङमा बोल्दै उहाँले सामाजिक उद्यमशीलता मैंत्री ऐन, कानुन तत्काल तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मन्त्री गुरुङले सामाजिक उद्यमशीलताको अभियानलाई अघिबढाउने गरी ऐन, कानुनको निर्माण गर्न आवश्यक सुझाव दिन सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भयो । ‘सामाजिक उद्यमशीलताको क्षेत्रमा देखिएका ट्याक्स, भ्याटल गायतका समस्या समाधान हुने गरी ऐन, कानुनको परिमार्जन गर्नुपर्ने आवश्यक्ता देखिएको छ,’मन्त्री गुरुङले भन्नु भयो,‘त्यसकालागिआवश्यक सुझावदिन म समाजकल्याणको क्षेत्रकाकार्यरत संघ, संस्था, गैर सरकारी क्षेत्रमाकार्यरत संघ, संस्थातथानागरिक समाजकाअगुवाहरुलाई आह्वान गर्नु भएकाे छ।’
मन्त्री गुरुङले सामाजिक उद्यमशीलताको माध्यामबाट ग्रामिण तथा हिमाली क्षेत्रका महिलाहरुलाई उद्यमशील बनाउन चालू आर्थिक वर्षबाटै सबै स्थानीयतहमा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र’ स्थापनागर्ने सोच अघिबढाइएको पनि स्मरण गराउनु भयो । उहाँले समाजमा विद्यमान महिला हत्या, हिंसा हुन नदिने गरी महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउन सामाजिक उद्यमशीलताको अभियानले महत्वपूर्ण योगदान पु¥याउने विश्वास समेत व्यक्त गर्नु भयो । मन्त्री गुरुङले महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणकालागि काठमाडौंको भृकुटीमण्डपमा‘बजार केन्द्र’ स्थापना गर्ने योजना ल्याइएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भयो ।

Facebook Comments