सहमत

लघुकथा

बाटोको सर्भेको लागि पालिका प्रमुखले सर्वदलीय भेला बोलाएँ भ्याए र चाहे जति गाउँलेलाई पनि आउँन भनियो।
धैरैको चाहना थियो जग्गा आफ्नो जोगियोस् नजिक आफ्नै परोस् । प्रमुखलाई यो कुरा नजरअंदाज थियो । सबै दलका मुख्य प्रतिनिधिसँग भाग बण्डा समेत मिलाई सकेका थिए।
धेरै समय गाउँलेको आ-आफ्नै गलवद्धी पछी प्रमुख प्रतिपक्षको तर्फबाट हर्क लालले आफ्नो बिचार सुनाए आखिर धेरै टाढा पनि छैन सँधै घाँस दाउरा गरैकै ठाउँ हो, म त भन्छु हाम्रै सामुदायीक वनबाट बाटो बनाऔं कसैको क्षती पनि हुँदैन सवैलाई बराबर ।
प्रमुखसँगै सबैले परर ताली पड्काए । ठुल्ठुला सखुवा र खयर भएको स्थानबाट बाटो बन्यो । थाहा छैन त्यो बाटोमा गाडी कुदेको छ कि छैन ? तर प्रमुख र प्रतिपक्षी सबै आज- भोली शहरमा चिल्लो कारमा कुदेको देखिन्छ ।
                                                          ओखलढुङ्गा

 

Facebook Comments