सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौं ।काठमाडौं महानगरपालिका-२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाव तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Facebook Comments