सवारी दुर्घटनामा प्रदेश २ ४ सय ३३ मृत्यु

काठमाडाैं । एक वर्षको अवधिमा सवारी दुर्घटनामा प्रदेश २ मा ४ सय ३३ जनाको मृत्यु भएको हो। आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका आठ जिल्लामा भएको सवारी दुर्घटनामा ४ सय ३३ जनाको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

आर्थिक वर्ष २०७५/०७६ मा को तुलनामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा कमी आएको हो । आर्थिक वर्ष २०७५/०७६ मा ४ सय ७४ जनाले ज्यान गुमाएका थिए भने ४४ जनाको अंगभंग भएको थियो।

गत आर्थिक वर्षमा सवारी ज्यानमा ४ सय ८ र सवारी भवितव्यमा २५ वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा धेरै सिरहामा सवारी दुर्घटनामा व्यक्तिहरुले ज्यान गुमाएका छन् । सिरहामा ८० जनाले ज्यान गुमाएका छन् भने ७ जनाको अंगभंग भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै सप्तरीमा ७५ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् भने आठ जनाको अंगभंग भएको हो । बारामा ६२ जनाले आफ्नो ज्यान गुमाएका छन् र ५ जनाको अंगभंग भएको छ भने धनुषा र सर्लाहीमा ५३/५३ जनाले ज्यान गुमाएका छन् भने धनुषामा ३ र सर्लाहीमा ४ जनाको अंगभंग भएको छ । महोत्तरीमा ४७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् भने १ जनाको अंगभंग भएको छ।

त्यस्तै रौतहटमा ४२ को मृत्यु र ५ जनाको अंगभंग भएको छ । पर्सामा भने २१ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ भने २ जनाको अंगभंग भएको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। गत आर्थिक वर्षको करिब ४ महिना लकडाउन रहेको कारण दुर्घटनामा केही कमी आएको जनाइएको छ।

यस भन्दा पहिले आर्थिक वर्ष २०७५/०७६ मा सवारी दुर्घटनामा ४ सय ७४ जनाको मृत्यु भएको थियो भने ४४ जनाको अंगभंग भएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा सवारी दुर्घटनामा ४ सय १६ जनाको मृत्यु भएको थियो भने ३२ जनाको अंगभंग भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।

Facebook Comments