सवारी दुर्घटनामा चालककाे मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ स्थित सडकमा बा.७५ प ३४४० नम्बरको स्कुटर अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा स्कुटरमा सवार हाल नाम,थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको बीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक बुढानिलकण्ठ नगरपालिका भंगाल बस्ने धनुषा एकभूमि नगरपालिका-७ घर भएका २४ वर्षीय सुसन राईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments