सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । सवारी ज्यान मुद्दाका फरार अभियुक्त भक्तपुर कौशलटार बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ घर भएका ४५ वर्षीय हरिबहादुर श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सिन्धुपाल्चोकको २०६१ पुस १३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ७ दिन कैद सजाय ठहर भइ फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२३ सुविधानगर तिनकुनेबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुपाल्चोक पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Facebook Comments