सरकारी छाप र दस्तखत किर्ते गर्ने पक्राउ

काठमाडाैं ।  सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादी गोदावरी नगरपालिका-३ बस्ने ६३ वर्षीय ईश्वरी प्रसाद दाहाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला मालपोत कार्यालय बर्दियामा २०६५ सालमा खरिदार पदमा कार्यरत रहँदा दाहाल समेतका २ जनाले नेपाल सरकारका नाममा रहेको बर्दिया जिल्लाका विभिन्न स्थानका जग्गाको किर्ते कागजपत्र बनाई विभिन्न व्यक्तिहरुबाट आर्थिक लाभ समेत लिई किर्ते लालपुर्जा बनाई दिएका थिए ।

उक्त मुद्धामा जिल्ला अदालत बर्दियाको २०७३ मंसिर ३० गतेको फैसलाले ३ वर्ष ५ महिना कैद भई हालसम्म फरार रहेका उनलाई उनकै घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Facebook Comments