सम्पादक आचार्यको निधन

बागलुङबाट प्रकाशन हुने कालिका साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद् दुर्गादत्त आचार्यको निधन भएको छ । उहाँको हृदयघाटका कारण आज निधन भएको परिवारले जनाएको छ ।

शुक्रबार पोखरामा भएको एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा कास्कीको लुम्लेमा पुग्दा उहाँलाई हृदयघात भएको थियो । उपचारका क्रममा उहाँको पोखरामा मृत्यु भएको हो । नेपाल प्रेस युनीयन बागलुङका पूर्वअध्यक्ष्समेत रहनुभएका आचार्य सामाजिक र पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।

लामो समय शिक्षण पेशमा बिताउनुभएका आचार्यले धौलागिरि अञ्चलकै पहिलो एफएम रेडियो धौलागिरि एफएम व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत हुनुहुन्छ । उहाँ अवकाश प्राप्त शिक्षकसमेत हुनुहुन्छ ।

Facebook Comments