सम्पदा विरुद्धको कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडाैं ।   राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्धाका फरार प्रतिवादी बझाङ छबिस पाथिभरा गाउँपालिका-५ बस्ने ३४ वर्षीय प्रविण धामीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बझाङको ७ दिने र ३५ दिने म्याद समेत गुजारी फरार रहेका धामीलाई कैलाली धनगढी उपमहानगरपालिका-४ स्थित बसपार्क क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।  निजलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय बझाङ पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Facebook Comments