४०० के भी प्रशारण लाइन बन्छ : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसदमा उठेका प्रश्नहरुको जवाफ दिदै भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको नेपाली भूभाग सरकारले फिर्ता लिएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । भूगोल र जनसंख्या सानो ठूलो हुन सक्छ तर हरेक देशको आफ्नै स्वाधिनता हुन्छ र त्यो बराबर हुने हुँदा सरकार लम्पसारबाद नहुने जनाएका छन् ।
एउटा जुत्ता सबैको खुट्टामा नमिल्ने भन्दै चित्त नबुझेका विषयलाई संसदबाट छलफल गरी त्यसलाई टुङगोमा पुर्याउनु पर्ने बताए ।
भारतकाे लाेगाेमा सि‌हकाे चित्रकाे मुनि सत्यमेव जयते लेखिएकाे छ, भारत यही सत्यमेव जयते हाे वा सिहमेव जयते म साेध्न चाहान्छु भनी कडा प्रश्न गरेका छन् ।
कृषिलाई बढवा दिइ आयमा बृद्धि गर्ने । सामाजिक न्याय र समानताको पक्षमा सरकार रहेको हुनाले कुनै मानिसलाई भोको मर्न नदिने कुरासमेत बताएका छन् ।

नीति तथा कार्यक्रमकाे २११ नम्बर बूँदामा लप्सीफेदी रातामाटा बुटबल-लप्सीफेदी रातामाटा हेटाैडा ४०० के भी अन्तर्देशिय प्रशारण लाइन निर्माण उल्लेख गिरएकाेमा स‌ासदहरुले प्रश्न उठाएका थिए । जवाफ दिदै प्रम अाेलीले साे याेजना हाम्राे प्रथिमकतामा भएकाेले अगाडि बढाइने कुरा स्पस्ट पारेका छन् । एमसिसि अधिल्लो सरकारले संझाैता गरेको बिषय हो भने संसदमा र दलहरूबीच छलफल हुन सक्छ, संसदले पास गर्ने नगर्ने निर्णय गर्नेछ तर तर टान्समिशन लाइन अनिबार्य रूपले बन्छ। बिजुली उत्पादन भैरहने तर प्रशारण भएर ब्यापार नगर्ने भन्ने हुॅदैन भन्दै ओलीले हामी बंगलादेशसंग बिधुत ब्यापार गर्ने भन्ने प्रशारण लाईन नबनाउने भन्ने हुॅदैन, एमसिसि अरू दातृ निकाय वा हाम्रै पैसाले भएपनि प्रशारण लाइन बन्छ,बन्छ र बनाइन्छ।

प्रधानमन्त्रीले संविधानको अनुसूचि ३ संशोधनको गरी नयाँ नक्शा राख्ने विषय संशोधनका लागि पेश गरिने बताए ।
‘अरु विषयमा छलफल गर्न सकिन्छ। यो विषय तत्कालिक महत्वको विषय हो। संशोधन प्रस्ताव संसदमा आउनेछ। त्यसपछि दुविधारहित ढंगले जाने हाम्रो बाटो पूरा हुन्छ। त्यो संशोधन पारित गरेका दिन देशमा दिपावली हुनेछ राष्ट्रियताको पक्षमा।’, ओलीले भने ।

Facebook Comments