सभामुख सापकोटाको आँखाको शल्यक्रिया

काठमाडौ‌ । सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा बुधबार दायाँ आँखाको शल्यक्रिया भएको हो ।

वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान शल्यक्रिया गरेको हो। केही समययता सभामुख सापकोटाको आँखामा समस्या देखिएको थियो । चिकित्सकको सल्लाहमा शल्यक्रिया भएको हो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटाले बेहोरेका छन् । सभामुखले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहित तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

Facebook Comments