संस्कृत समस्त भाषाहरुको जननी, समृद्ध, अमृत, देवबाणी र गीर्वाणवाणी हो । आजको यो बैज्ञानिक युगसम्म ल्याइपु¥याउने गुरु नै संस्कृत वाङ्मय हो । ज्ञान र विज्ञानको जननी संस्कृत हो । संस्कृत बिनाको नेपाली समाज सम्भव छैन । संस्कृत बाहुनको भाषा हो, संस्कृत त हिन्दुहरुको मात्र भाषा हो, संस्कृतले प्रतिगामी शक्तिलाई मद्दत पु¥याउँछ इतियादि भ्रमको खेती गरेर परस्पर मिलेर बसेका नेपालीहरुलाई विभाजित गर्ने कोसिस गरेका छन् । संस्कृत भाषा जसले पढ्छ र बोल्छ उसको भाषा हो ।
वस्तुको गुण दोश छुट्टयाउन त्यसको मुल प्रकृति र धर्मको ज्ञान हुन जरुरी छ । त्यसैले मृत तुल्य पु¥याएको संस्कृतलाई उजागर गर्न खोज्दा आक्षेप लगाउनेलाई म सस्युरको भाषा विज्ञान, फिलमोरको कारक र पाणिनीको अष्टाध्यायी तुलनात्मक रुपमा पढ्न अनुरोध गर्दछु ।
संसारका प्रायः सबै भाषाहरु संस्कृत भाषाबाट अनुप्रणित रहेका छन् । नेपाली, मैथिली, नेवारी, भोजपुरी, तामाङ आदि भाषाबाट संस्कृतका शब्दलाई निकाल्दा कस्तो होला ? अरु भाषा भन्दा संस्कृत प्रत्येक नेपालिका दुवै थरी भारोपेली र भोट वर्मेली परिवारका भाषाभाषिलाई अत्यन्त उपयोगी छ र अत्यन्त सार्थक पनि छ ।
जस्तै हेर्नु भन्ने शब्दकोअर्थ लाग्ने दृशभधातुको अध्ययन पछि । ग्रिक साहित्यको डेक, हिन्दीको दिख, नेपालीको देख् र अङ्ग्रेजीको डेक शब्दको उत्पत्तिको ज्ञान हुन्छ । जुन सबैको अर्थ एउटै हो ।संस्कृतको भ्रातर वाट व्रदर र मातर वाट मदर शब्द वनेका हुन् । दृशको ठाउँमा पश्य आदेश भएको अवस्थालाई पनि अङ्ग्रेजीमा निकै प्रयोग भएको देख्न पाइन्छ ।
अनेकौं शब्दको संस्कृत मूल पाइन्छ । अतस्भाषाको जननी पनि संस्कृत हो भन्ने पुष्टि हुन्छ । प्राणीमात्रमा दया गर्ने तथा मानवमात्रमा समानताको ब्यबहार गर्ने उदार भाव संस्कृतमा पाइन्छ ।
अयं निजः परोवेति गणना लघुचेतसाम् ।
उदारचरितानान्तु वसुधैव कुटुम्बकम् ।। (महोपनिषद्४, ७१)
सानो चित्त हुनेले यो मेरो यो अर्काको भनी भाग लगाउँछन् । जस्को उदार चित्त छ उसले सबैलाई आफनै सम्झन्छ । संस्कृत वाङ्मयले सबैलाई उदार बन्न अभिप्रेरित गरेको छ । सवैको हृदयाकाश स्वच्छ हुनुपर्छ । यही र यस्तै चेतनाको दीप बालेर नै पूर्वीय वाङ्मय आज विचारको धनी हुन सफल भएको छ । सृष्टिदेखि सृष्टिसम्मका समग्र ज्ञानविज्ञानलाई हेर्ने आँखा संस्कृत वाङ्गमय हो ।
चरित्र र नैतिकताको शिक्षा लिन संस्कृतको ज्ञान अनिवार्य देखिन्छ । संस्कृत बाङ्मय चरित्र, अनुशासन, परोपकार, राष्ट्रप्रेम, र मानव कल्याणका अनन्त गाथाहरुले भरिएको छ । वेद, पुराण, उपनिषद्, स्मृति, आख्यान, साहित्य, काव्य, नाटक आदि विविध विधा उपविधाका माध्यमले मानव जातिको उच्चतम जीवनचर्याका लागि प्रभावकारी सन्देश दिएको छ । अनुवाद गरेर पनि तिनबाट शिक्षा प्राप्त गर्न सकिन्छ तर संस्कृतकै माध्यमले अध्ययन गर्नुमा अदभूत आनन्द छ । आयु आरोग्यता पनि प्रदान गर्ने प्रमाणित भइसकेको छ । अबका भाबि कम्प्युटर पनि वाईनरि कोडवाट अपरेट नभइ संस्कृतमै चलने गरि वनाइदै छ ।
संस्कृतमा भएको ॐ शब्दको सहि ढंगले उच्चारण गर्दा मात्र पनि कैयौं रोगबाट छुट्कारा पाउन सकिन्छ ।अञउसर म तीन अक्षर मिलेर बनेको ॐले ब्रह्मा, बिष्णु र महेश्वरलाई जनाउछ । स्पिच थेरापिमा संस्कृत सहयोगी सिद्ध हुनुका साथै एकाग्रता बढाउन पनि संस्कृत उपयोगी भाषा हो।संस्कृत मात्र एउटा यस्तो भाषा हो जुन बोल्दा जिब्राका सबै मांसपेशीहरुको उपयोग हुन्छ ।
नासाका वैज्ञानिक हरुका अनुसार उनिहरुले जब अन्तरिक्षमा सन्देश पठाउदा वाक्य उल्टिनाले अर्थको अनर्थ लागने, तर संस्कृतको भने बाक्य उल्टे पनि प्राय अर्थ नबदलिने बिशेषता रहेको छ ।भाषाहिन मानव हुदैन । मानवलाई मानव भनेर परिचय संस्कृतले दिएको छ ।
ऋगवेद मानवजातिको पुस्तकालयको पहिलो पुस्तक हो र यो संस्कृतमा रहेको छ ।जसरी जरा काटेपछि रुख अडिदैन त्यस्तै संस्कृत विनाको हाम्रो अस्तित्व पनि संकटमा पर्छ कि ! चाहे संस्कृति होस, चाहे कला, भाषा..जीवन पद्धति, इतिहास, भुगोल, साहित्य, प्रविधि एवम् चिकित्सा हरेक क्षेत्रमा संस्कृत बाङ्मयले नेतृत्व गरेको छ । जसरी सूर्य पूर्वी क्षितिज बाट उदाउनु शाश्वत सत्य हो त्यसरी नै पूर्वीय संस्कृत भाषा अनि संस्कृतिलाई छोडेर आधुनिक होइन्छ भन्नु पनि मातृशक्ति बिना सृष्टि सम्भव छ भने जस्तै हो ।
सन्धिखर्क १२, हाल काठमाडौं
Facebook Comments