संविधान संशोधन गर्न बाटो खुल्यो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सहमति जुटाउन मंगलबार बेलुकी बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले समर्थन जाहेर गरेको छ ।
संविधान संशोधनका विषयमा सहमति जनाए पनि यसका लागि पार्टी केन्द्रीय समितिबाट औपचारिकता हासिल हुनुपर्ने पनि कांग्रेसले बैठकमा बताएको छ ।
बैठकपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नयाँ नक्सासहितको निशानछाप अनुसूचीमा राख्न संविधान संशोधन गर्न नेपाली कांग्रेस सहमत भए पनि यसका लागि केन्द्रीय समितिबाट यो विषय पारित गर्न आफूलाई केही दिनको समय दिन आग्रह गरेको जानकारी दिए ।
संविधान संशोधनमा सबै दलको राय लिन बैठक आयोजना गरेको र सबैले यस विषयमा एकमत गर्न बैठकका क्रममा प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीको आग्रहमा सबै सकारात्मक देखिएका थिए ।

Facebook Comments