श्रोत नखुलेको रुपैयाँ सहित पक्राउ

रौतहट गौर नगरपालिका-२ महादेवपट्टीबाट श्रोत नखुलेको नगद १५ लाख रुपैयाँ सहित भारत सितामढीका २० वर्षीय राजु कुमार कहारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका कहारलाई सोही ठाउँमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट श्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

 

Facebook Comments