जलस्रोतको बहुउपयोग र उपभोगको दृष्टिमा बढी संभावना भएको देश हो, तरपनि जलस्रोत भन्ने वित्तिकै विजुली बाल्ने हो भन्ने बुझाइ अझै पनि मेटिन सकेको छैन । यी र यस्ता प्रचुर संभावना भएपनि नेपाली जनताले सस्तो, भरपर्दो र सुरक्षित विद्युत उपयोग गर्न पाइरहेका छैनन् । विद्युतको बिस्तार र सुधार गर्नमा नीतिगत समस्या, राजनीतिक एवम् प्रशासनिक इच्छा शक्तिको कमी देखिएको छ ।
नेपालमा विद्युत उत्पादनको बजार दिन प्रति दिन बढिरहेको छ । विद्युत उत्पादन गृहले पनि उत्पादनलाई बढवा दिइरहेका छन् । यसरी उत्पादन भएको विद्युतले बजार नपाउदा त्यो विद्युत त्यसै खेर गइरहेको अवस्था छ । जसका कारण सरकारको विद्युत उत्पादन गरेर बेच्ने र नेपालीलाई धनी बनाउने सपना चाडै पुराहुने अवस्था देखिदैन ।
अहिले उत्पादन भएको अधिक विद्युत बेच्नका लागि हाल भइरहेको प्रशारण लाइनले त्यसको भार बहन गर्न सक्दैन । जसका लागि हामीलाई नयाँ र भरपर्दो ट्रान्समिसन लाइनको आवश्यकता पर्दछ । त्यसको निर्माणमा सरकारी पक्षले तयारी गरेपनि त्यो कछुवागतिमा नै हिडिरहेको छ भन्दा अत्युक्ति हुँदैन, भन्ने लाग्छ ।
यतिबेलासम्म निर्माण सम्पन्न हुने ट्रान्समिसन सवस्टेशन लाइनको कामलाई पनि बिभिन्न बहानामा ठेक्का तोड्ने, अल्मल्याउने र ढिला सुस्ती गराउने काम प्राधिकरणको पक्षबाट भएको देखिएको छ । यसको अर्थ के हो भने प्राधिकरण अहिले उत्पादनका लागि तयार भएको विद्युत पनि बेच्न सक्ने अवस्थामा छैन । यस भित्र कुन शक्तिले के काम गरेको छ भन्ने कुरा बुझ्न गाह्रो छैन । यसकाे मतलब समयमा काम टुङ्ग्याउने दृढ इच्छा शक्तिकाे कमि छ ।
नेपाल–भारत विद्युत व्यापारको कुरा पनि अगाडि बढ्न सकेको छैन । यसका केही प्राविधिक पक्षहरु होलान । तरपनि जुन काम जुन समयमा गर्नु पर्ने हो त्यस तर्फ सम्बन्धीत निकायको ध्यान पुगेको देखिदैन । यसका पछाडि पनि बिभिन्न स्वार्थ शक्तिहरु हावी भएकाे अवस्था छ । नेपालमा प्राय गरेर ठूला र महत्वपूर्ण मानिएका आयोजनाहरु बन्नमा ढिलाइ हुने गरेको छ । त्यसको पछाडि स्वार्थ शक्तिकाे ठूलो चलखेल रहेको कुरा बिभिन्न तथ्यहरुले बोलिरहेका छन् ।
नेपालमा उत्पादित विद्युत अन्तराष्ट्रिय बजारमा बेच्ने लक्ष्य रहेकाे छ । यसको मुल उद्देश्य भनेको विद्युत व्यापारको माध्यमबाट नेपालीको आयस्तरमा बृद्धि गर्ने भन्ने नै हो । तर सरकारी अलमलले यो कुरा पुरा हुन सकेकाे छैन । यसको समाधानका लागि राष्ट्रिय महत्वका प्रशारण लाइन छिटो भन्दा छिटो निर्माण हुन अति आवश्यक छ । यसो गर्न सकेको खण्डमा मात्र हामीले सोचेको लक्ष्यमा पुग्न सकिने छ । बाटो नबनाइ गाडी किन्दा आर्थिक नोक्सानी मात्र हुन्छ, यात्रा तय गर्न सकिदैन ।
Facebook Comments