काठमाडौं । लागूऔषध मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २५ वर्षीय किरण ब्यान्जुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरको २०७४ चैत १८ गतेको फैसलाले १ वर्ष ९ महिना २६ दिन कैद र १ लाख १ हजार ५ सय रुपैयाँ जरिवाना फैसला भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ ।
सुनसरी,मानव बेचबिखन तथा ओसार पसार मुद्धाका फरार प्रतिवादी धरान उपमहानगरपालिका- ११ ठाडो सोलिङ बस्ने ३९ वर्षीय पुष्प परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौंको समन्वयमा र ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौं पठाइएको छ ।