विद्युत चुहावट घटेको दाबी झुटकाे खेतीपाती ‍- महालेखाकाे प्रतिवेदनले यसै भन्छ

काठमाडौं । तथ्य भनेकाे तथ्य नै हुन्छ । त्यसलाई न घटाउन मिल्छ, न बढाउन नै ।झुटाे प्रचार गर्नु एउटा पाटाे हाे । विगत पाँच वर्षको विद्युत चुहावट विद्युत प्राधिकरणलाई भएको नोक्सानी तथा यससँग सम्बन्धित तथ्यहरुको तुलनात्मक अध्ययन गरिएको छ । यो अध्ययन महालेखा परीक्षकको कार्यालय वार्षिक प्रतिवेदनको आधारमा तयार गरिएको हो । आर्थिक वर्ष २०७१।०७२ मा भारतबाट आयातितसमेत गरी विद्युत प्राधिकरणको प्रणालीमा जम्मा ५००६ गिगावाट प्रति घण्टा युनिट विद्युत उपलब्ध थियो । सो आबमा जम्मा विद्युत विक्री ३७४४ गिगावाट घण्टामात्र भइ कुल नोक्सान १२२३ गिगावाट घण्टा रहेको देखिन्छ । प्राधिकरणको हिसाबले उक्त नोक्सान २४.४४ हुन्छ । सो आबमा कायम रहेको औषत बिक्री मूल्य रु ८.७३ ले हिसाब गर्दा विद्युत चुहावटबाट खुद नोक्सान १० अर्ब ६८ करोड भएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।


आब २०७२।०७३ मा उत्पादन, आयात, वितरण तथा चुहावटको तथ्याङकलाई केलाउदा साे आबमा भारतबाट समेत आयात गर्दा विद्युत प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत ५०७७ गिगावाट घण्टा देखिन्छ । विद्युत वितरण तथा बिक्रीतर्फ ३७१९ गिगावाट खर्च भएबाट कुल १३०९ गिगावाट आवर विद्युत नोक्सान भएको देखिन्छ । प्रतिशतका हिसाबले उक्त नोक्सान २५.७० प्रतिशत हो । कुल १३०९ गिगावाट आवर नोक्सान हुँदा प्रति युनिट रु ८।७३ का दरले कुल रकम ११ अर्ब ४३ करोड नोक्सान भएको देखिन्छ ।
आब २०७३।०७४ मा भारतबाट आयातसमेत गरी विद्युत प्रधिकरणको प्रणालीमा ६२५८ गिगावाट आवर विद्युत उपलब्ध भएकोमा जम्मा ४७७७ गिगावाट आवर युनिट मात्र विक्री वितरण भएको देखिन्छ । तसर्थ उक्त आबमा कुल १४३३ गिगावाट आवर युनिट विद्युत चुहावट भएको छ । उक्त आबबाट विद्युत महशुलमा २० प्रतिशत ट्रंक तथा डेडिकेटेड फिडरको महशुल ६५ प्रतिशत मूल्य बृद्धि भएबाट औषत बिक्री महशुल रु १०।६० कायम भएको देखिन्छ । प्रतिशतका हिसाबले उक्त चुहावट २२.९० प्रतिशत हो । रकमका हिसाबले चुहावट भएको युनिट १४३३ गिगावाट आवरलाई औषतमा बिक्री भन्दा १५.१९ अर्ब हुन जान्छ ।
आब २०७४।०७५ मा भारतबाट आयात भएको २५८१ गिगावाट आवर समेत गरी विद्युत प्राधिकरणको प्रणालीमा कुल विद्युत ७०५६ गिगावाट आवर युनिट भइ कुल चुहावट १४११ गिगावाट आवर युनिट भएको थियो । प्रतिशतका हिसाबले यो चुहावट २२.६० प्रतिशत हो भने औषद बिक्रीदर १०.६० ले हिसाब गर्दा खुद नोक्सान रु १४.९६ अर्ब हुन आउँछ ।
आब २०७५।०७६ मा भारतबाट गत वर्षको भन्दा बढी विद्युत आयात भएको देखिन्छ । आब २०७४।०७५ मा २५८१ गिगावाट आवर युनिट विद्युत आयात भएकोमा आब २०७५।०७६ मा २८३१ गिगावाट आवर युनिट विद्युत आयात भएको देखिन्छ । सो समेत गर्दा विद्युत प्राधिकरणको प्रणालीमा कुल ७५५१ गिगावाट आवर युनिट विद्युत मात्र बिक्री भएको देखिन्छ । सो हुँदा ११८० गिगावाट आवर युनिट विद्युत चुहावट भएको देखिन्छ । प्रतिशतका हिसाबले उक्त चुहावट १५.६३ प्रतिशत हो भने औषत बिक्रीदर १०.६० का हिसाबले उक्त चुहावटबाट रु १२ अर्ब ५१ करोड नोक्सान भएको देखिन्छ ।
तसर्थ आब २०७२।०७३ देखि २०७५।०७६ सम्मको तुलनात्मक अध्ययनबाट के देखिन्छ भने आब २०७२।०७३ बाट २०७५।०७६ मा विद्युत चुहावट ११ अर्ब ४३ करोडबाट बढेर १४ अर्ब १९ करोड पुग्न जाँदा थप ३ अर्ब ७६ करोड नोक्सान बढी भएको देखिन्छ । जुन प्रतिशतका हिसाबले ३२.८९ प्रतिशत बढी हो ।
आब २०७३।०७४ र २०७४।०७५ को तुलना गर्दा १५ अर्ब १९ करोड चुहावटबाट घटेर १४ अर्ब ९६ करोड भएको छ । जुन प्रतिशतका हिसाबले १.५ कम हो । त्यसै गरी आब २०७४।०७५ को तुलनामा आब ०७५।०७६ मा चुहावट भएको नोक्सान १४ अर्ब ९६ करोडबाट घटी १२ अर्ब ५१ करोड मा झरेको छ । यसबाट खुद नोक्सान २ अर्ब ४५ करोडले कमी भएको छ । जुन प्रतिशतका हिसाबले गत आबको भन्दा भन्दा १९.३८ प्रतिशतले कम हो ।
यसरी कुलमान घिसिङको ४ वर्षे कार्यकालमा विद्युत चुहावटबाट विद्युत प्राधिकरणलाई खुद नोक्सानी ५४ अर्ब ९ करोड भएको देखिन्छ । तुलनात्मक रुपले हेर्ने हो भने चार वर्षे कार्यकाल भरि प्रतिवर्ष चुहावटबाट हुने नोक्सान १२ अर्ब ५१ करोड भन्दा घटी देखिएन । जुन रकम उनले कार्यकालमा चुहावट घटेकाे प्रमाणित गर्दैन ।

संचालक समितिका अध्यक्ष वर्षामान पुनले हस्ताक्षर गरेर पेश गर्ने डकुमेन्ट हाे याे । कुनै हचुवाकाे कथा हाेइन । प्रतिशतमा चुहावट कम भएकाे प्रचार गरेर जनताकाे आँखामा छाराे हाल्ने काम भएकाे छ । वास्तविक नाेक्सानी भनेकाे आर्थिक नाेक्सानी हाे । आर्थिक नाेक्सानी बढेकाे तथ्यले पुष्टि गरेकाे छ ।

Facebook Comments