विद्युतको खुल्ला र आन्तरिक परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ

काठमाडौं । विद्युत प्राधिकरणवाट खुल्ला तथा बढुवाका विज्ञापनहरु मध्ये बढुवा तर्फको नतिजा सार्वजनिक भइसकेको छ । तर एकै पटक प्रकाशित विज्ञापन मध्ये खुल्ला तथा आन्तरिक प्रतियोगिता तर्फको नतिजा भने हाल सम्म प्रकाशित हुन सकेको छैन । एकै समयमा भएको परीक्षाको नतिजा कसैको भएको र कसैको नभएकोप्रति परिक्षार्थीले कार्यकारी निर्देशकको ध्यानाकर्षण गराएका छन् । नतिजा प्रकाशन ढिला भइरहेको खुल्ला तथा आन्तरिक प्रतियोगिता तर्फको नतिजा यथाशिघ्र प्रकाशन गर्ने लागि अनुरोध गर्दछौं ।
विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ का कारण केही कर्मचारीहरु आफनो कार्यालयमा उपस्थित हुन सकेका छैनन् । यस्तो समयमा कार्य संपादन मूल्याङ्कन फारम बुझाउन कठिनाई हुने हुदा हाल हाजिरी गरिरहेको कार्यालयमार्फत कार्य संपादन मुल्याङ्कन फारम बुझिदिने कर्मचारीहरुले अनुरोध गरेका छन् ।

Facebook Comments