विजेता हाे मान्छे

शिखरिणी

विधाताको प्यारो मनुज सबमा चेतन दिने
कलाको हो द्रष्टा सरल दिलको हिम्मत हुने
विजेता हो मान्छे अतुलितकला छन् नव छटा
बनोस् हाम्रो बानी हिमशिखरझैँ निर्मल सदा।१
नराखौँ ईर्ष्याका कण मगजमा उन्नत बनौँ
सबैमा होस् हाम्रो सरल दिल-माया अब गरौँ
बनी ज्ञानी ध्यानी विनयरसको होस् मृदुलता
बनोस् हाम्रो बानी हिम शिखरझैँ उन्नत सदा।२
सबै प्राणीलाई नियमित गरौँ प्रेम रसिलो
सधैँ स्रद्धा राखौँँ असुर मतिले हुन्न खँदिलो
अहिंसाको बाटो ऋषिमुनि सबैको रस-युत
बनोस् हाम्रो बानी हिम शिखरझैँँ उन्नत सदा।३
नमारौँ पन्छीको पनि हक छ बाँच्ने बुझिलिँदा
सबैको साझा हो अवनि मनले सम्झ न सदा
बनून् हाम्रा प्यारा मृग-खग सबै वर्ग रसिला
बनोस् हाम्रो बानी हिम शिखरझैँ उन्नत सदा।४
स्वयम्लाई कोही अबुझ-शठले हुर्मत लिँदा
दु:खी बन्छौँ हामी मन-मगज रुन्चे सब हुँदा
सबैको त्यस्तै हो निज-तनसगैँँ हुन्छ ममता
बनोस् हाम्रो बानी हिम शिखरझैँ उन्नत सदा।।५
Facebook Comments