वरिष्ठ साहित्यकार सुवेदीका चार कृति लोकार्पण

काठमाडौँ/प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाद्वारा आयोजित लघुचलचित्र प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले प्रतियोगितामा रवीन तामाङको ‘उडान’ प्रथम, कमल यक्षमगरको ‘अवशेष’ द्वितीय र धीरज थापामगरको ‘सेलुट’ चलचित्र तृतीय घोषित भए । प्रथम, द्वितीय र तृतीय घोषित चलचित्रलाई क्रमश ः रु दुई लाख, रु एक लाख ५० हजार र रु एक लाख नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितमा ३४ आवेदन परेकामा आठवटालाई अनुमति प्रदान गरिएको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा प्रधानसेनापति सिग्देलले पूर्वरथी एवं साहित्यकार डा आशबहादुर तामाङको सेनाका विभिन्न पदमा रहँदा लेख्नुभएका कविता, गीत, गजल र लेख समेटिएको ‘सिपाहीको कलमबाट –भाग २’ नामक कृति विमोचन गर्नुभयो । सो पुस्तकमा विश्वशान्ति कार्यमा नेपाली सेनाका भूमिका विषयमा लेखिएका सात लेख, १७ कविता, ४७ गीत र गजल समेटिएका छन् ।

पुस्तकमा समेटिएका सिर्जनामा सिपाहीले बन्दुकमात्र समाउने होइन, कलममार्फत पनि समाजमा उत्प्रेरणा दिने सकारात्मक सन्देश दिलाउने काम गरेको छ भन्ने सन्देश दिइएको छ । त्यस अवसरमा नेपाली सेनाको वार्षिक पत्रिका ‘सिपाही’ पुस्तकका उत्कृष्ट लेखका श्रष्टालाई समेत नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । उक्त पुस्तकमा सुजता बस्नेत, सुरज लामिछाने र चन्द्रदेव भट्टको लेख क्रमशः पहिलो, दोस्रो र तेस्रो घोषित भयो ।

कार्यक्रममा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक गौरवकुमार केसीले २०५८ चैत २० गते स्थापना भएको निर्देशनालयले नेपाली सेनासम्बन्धी सत्यतथ्य गतिविधि र सूचना आमजनता समक्ष पु¥याउने कार्यलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली सेना, आम नागरिक र सञ्चार माध्यमबीच निर्देशनालयले पुलको काम गरिरहेको छ । नागरिकको सूचना प्राप्तिको हकको सम्मान गर्दै ऐनले तोकेअनुसार सूचना सार्वजनिक गर्दै आएको छ ।”

Facebook Comments