श्रीमतीले भनिन् – ‘चरीकाे बुबा ! फुलपार्न खाेज्या पाेहाेराे खाउँ है ?’
‘अरे ! के भनेकी ? रुखै खाए पछि के फुल्छ, के फल्छ ।त्यस्ले फुल पारेर, बाइस दिन अाेथाराे बस्छ, चल्ला काढ्छ, हुर्काउँछ अनि एकदुइ खाने धेरै बेच्ने ।’ भन्दै श्रीमतीकाे इच्छा सुकायाे लाेग्नेले ।
गाउँमा लाेग्नेलाई लाेभी भनेर चिन्छन् ।
पल्लाे गाउँकाे असती आइपुग्याे -‘नमस्कार है लाेभी दाइ !’ भन्दै ।
‘याे असती कहाँ बाट आइपुग्याे । यस्काे अनुहार देखे पछि केइन केइ खती हुन्छ ।’
‘त्यसाे नभन्नाेस । कुखुरो बटिया पाल्न पर्याे भनेर भरतीवालकाे घर तिर हिँडेकाे । दुइटा पाेथी ल्याउनु पर्ने, काेराेना देशानले वैदेशिक हाँसो छिनाइहाल्याे । हामी जनता नै सजग भएनाैँ भने, मेराे भन्याे, भाेलि कस्काे हुने थाहा छैन । कुखुरोले धनिलाई पनि हुने बनिलाई नि हुने भनेर क्या दाइ । गिरीराच पाेथी लाेकल भालेकाे शङ्करा, काटाकुटी लाेकल । लाेकल भने पछि जे पनि हारालुछ अचेल । रिट्ठे बडाले पनि काेरकाेराकाे डूम्सी पाेथी लैजा भन्नु भा’ छ त्यहाँ पनि पुग्नु पर्ने ।’
लाेभी गम्दै -‘ओई ! तँहिले कहिले देखि यस्ताे साेच्न थालिस् हँ ?’
‘पतेराे नलागे साेध्नाेस्न फाेन गरेर ।’ असतीले थुक्दै भन्याे ।
‘बेकारमा पैसा तुर्नु छैन, याे लकडाउन, शील र कर्फुले चाटेकाे बेला । मेराे पनि काेरली पाेथी छ । त्यस्काे भाले चल्लाे बाँडेर पाेथी जति बटिया पाल्ने भा लैजा ।’
‘हुन्छ ।’ भन्याे असतीले ।
एक महिना पछि-
लाेभी हलाे बाँध्दै थियाे मकै छर्न । श्रीमती खाजा भुट्दै थिइन जुनेलो, हाँडीमा ।
असती स्यास्या हुँदै आइपुगेर जिल्लेजिले झाेलामा ल्याकाे कुखुरोकाे भुत्ला देखाएर- ‘मेराे दाजू ! पाेहाेराे स्याल्ले बाेक्याे । मेराे हजारकाे दाना, पाँचहजारकाे परिश्रम गयाे ।’ भन्दै रुन थाल्याे ।
लाेभीले राम्ररी भुत्ला हेर्दा फाेक्साे र पितो देखे पछि उफ्रन्दै करायाे – ‘स्याल्ले फाेक्साे र पिताे छाेड्छ असती ?’
भाेलीपल्ट-
समाजले साेध्याे- ‘असतीज्यू ! तपाईंले लाेभीज्यूलाई ढाटेर उहाँकाे कुखुरा खानु भएकाे हाे ?’
‘नमस्कार ! आदरणीय समाजलाई । मेरी श्रीमतीले कुखुरोकाे मासु खाने भन्नु भाे ।श्रीमतीकाे इच्छा पुर्ति गर्नु श्रीमानकाे धर्म र कर्तव्य हुन्छ । पैसा थिएन । उधारो कसैले नपत्याउने, लाेभी दाइसँग पनि भनेँ, छैन नै भन्नु भाे ।’ एकक्षण चुपलागेर फेरि बाेल्याे असती- ‘पश्चात् धेरै लाजाएँ , श्रीमतीकाे तलतल मेट्न नसक्दा । अन्ततः यस्तै कर्म गरेँ । मलाई पछुतो चाहिँ छैन । किन भने फुलपार्ने पाेथी खाएर धेरै खुशी भइन् श्रीमती । अनि तपाईंहरू मेराे शिर र आदरणीय लाेभी दाजीले जेभन्नु हुन्छ म त्यही सजाय भाेग्न तयार छु ।’
लाेभीले आफ्नी श्रीमती तिर सविनय पूर्ण हेर्याे । श्रीमतीले पनि आँखा भरि अश्रु पारेर हेरिन ।र लाेभीले असतीलाई ससम्मानित माफी दिँदै भन्याे- ‘गुरु बन्नु भाे, आज देखि असती भाइ ।’
समाजले कुराे बुझेर मुसमुस हाँस्दै लागे, घरमा आ -आफ्ना श्रीमतीकाे सइच्छा बुझ्ने मनसाय लिएर ।
Facebook Comments