रोशी गाउँपालिका, काभ्रेपलाञ्चोकका इन्जिनियर निर्मल लामा स्याङतानसहित ३ जना उपर बिगो रु. ७,८४,४४६।३४ कायम गरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर गरिएकाे छ ।
त्यसैगरी नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत बरिष्ठ सहायक रामचन्द्र लामिछाने उपर बिगो रु. ८६,८८,१३२।९१ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कारण विगाे दावी गरिएकाे हाे भने जिल्ला धनुषा, जनकपुरधाम उप-महानगरपालिका-१३ नं. वडा कार्यालयका वडा अध्यक्ष शुभ नारायण मण्डल र कार्यालय सहयोगी दिलिप कुमार पंजियार उपर जनही रु. २४,०००।- बिगो कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर गिरएकाे छ ।
Facebook Comments