लागूऔषध सहित रम्तेल पक्राउ

विराटनगर महानगरपालिका-११ बसपार्कस्थित सडकखण्डबाट नियन्त्रित लागूऔषध ५ एम्पुल लुपिजेसिक, ६ एम्पुल डाईजेल्याब, ३ एम्पुल एभिल र ५ एम्पुल फेनरागन सहित सुन्दरहरैचा नगरपालिका-१० बस्ने २० वर्षीय निखिल रम्तेललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पैदलयात्री निखिललाई जाँच गर्दा उनले लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

Facebook Comments