काठमाडौं महानगरपालिका-१४ कलङकी खसीबजारस्थित सडक किनाराबाट नियन्त्रित लागूऔषध २५ एम्पुल बुप्रेनोर्फिन, २५ एम्पुल डाइजेपाम र २५ एम्पुल फेनारगन र प्रदेश ०२-०१७ प ६१४८ नम्बरको मोटरसाइकलक सहित सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१० ठेगाना भएका २४ वर्षीय बिमल ठकुरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो कार्यालय कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । साथै ठकुरीलाई उक्त लागूऔषध बिक्री गर्न दिने काठमाडौं महानगरपालिका-१४ ठेगाना भएका ३६ वर्षीय कृष्ण तामाङलाई समेत काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट बुधबार पक्राउ गरेको छ ।
उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
Facebook Comments