लागूऔषध मुद्दाका फरार प्रतिवादी पटेर्वासुगौली गाउँपालिका-४ बस्ने ४० वर्षीय शम्भु चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको २०५७ माघ १८ गतेको फैसलाले लागूऔषध मुद्दामा ११ महिना १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
Facebook Comments