लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेक बहादुर नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको२०७५ असार २१ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना ठहर भएकोमा २ वर्ष ४ महिना १५ दिन कैद असुल हुन बाँकी भई फरार रहेका टेक बहादुरलाई बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएकोजिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments