काठमाडाैं ।अवैध लागूऔषध मुद्दाका फरार अभियुक्त बहुदरमाई नगरपालिका-९ बस्ने ४८ वर्षीय अम्बिका साह कलवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
२०६९ फागुन २० गते कलवारको घर तलासी गर्दा घरमा २० वटा टिनको ड्रममा लुकाई छिपाई गरी राखेको अवस्थामा अवैध लागूऔषध गाँजा ८ सय केजी फेला फेला परेको थियो । घटना पश्चात फरार उनको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले आफ्नै घर ठेगानामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
Facebook Comments