रेडपाण्डाको छाला सहित पक्राउ

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ स्थित पञ्चकोशी होटलबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित दैलेख नौमुले गाउँपालिका-२ बस्ने २६ वर्षीय मनोज बिक समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटेलमा रेडपाण्डाको छालाको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनीहरुलाई उक्त छाला र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।

Facebook Comments