रिसवत लिने प्रहरी अख्तियारकाे फन्दामा


काठमाडाैं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र साहानीले धरौटीमा छुटाईदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज शिवचन्द्र साहानीलाई सेवाग्राहीबाट रु. ४,००,०००।– (चार लाख) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सियारी गा.पा. वडा नं. ७ बाट रंगेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय वुटवलका प्रहरी हवल्दार शिवचन्द्र साहानीले सेवाग्राहीको जातीय विभेद सम्बन्धी मुद्दामा सहजिकरण गरिदीए बापत घुस/रिसवत रकम माग गरी लिएकोले निज शिवचन्द्र साहानीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले प्रहरी हवल्दार शिवचन्द्र साहानीलाई विगो रू.४,००,०००/- (चार लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Facebook Comments