काठमाडाैँ । असोज २० गते राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनाज्यूबाट सिंहदरबारस्थित पुतली बगैचामा निर्माणाधीन संघीय संसदको भवन निरीक्षण गर्ने कार्य सम्पन्न भयो। कोभिड-१९ का कारण निर्माण कार्यमा केहि बाधा पुगेको भएतापनि निर्माणकार्य उत्साहापूर्वक रुपमा अगाडि बढिरहेकोमा सम्माननीय अध्यक्षज्यूले खुसी व्यक्त गर्नुभयो। अहिले संघीय संसदको लागि बैठक बस्ने सभाहल भाडामा लिएर काम चलाउदै आएको परिप्रेक्षमा कम्तिमा पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको सभाहल छिट्टै नै तयार गरी संचालन गर्न सकेमा राष्ट्रलाई आर्थिक भार कम हुने कुरा बताउँदै निर्धारित समय अगाबै निर्माण कार्य सम्पन्न गर्नका लागि दुई सिफ्ट होइन तीन सिफ्ट गरी चौबिसै घण्टा काम गर्ने गरी योजना बनाउनका लागि निर्माण कम्पनी तथा सरोकारवालाहरुलाई निर्देशन दिनु भयो। सार्वजनिक रुपमा निर्माण गरिने विकास निर्माणका योजनाहरुलाई समय अगाबै सम्पन्न गर्नका लागि केवल ८ घण्टामात्र काम गरेर सम्भव नहुने भएकाले सिंहदरबारबाटै २४ घण्टा काम गरी समय अगावै निर्माण कार्य सम्पन्न गरी अन्य निर्माण कार्यमा संलग्नपक्षहरुलाई प्रोत्साहित समेत गर्नका लागि निर्माण कम्पनीलाई सुझाब समेत दिनु भयो । करिब ९ अर्वको लागतमा बन्न लागेको यस भवनको निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ।
Facebook Comments